एक खर्ब होइन एक अर्ब !

South Asia Check / सोमबार, माघ ६, २०७६

तस्विर:युट्युव

विधायन व्यवस्थापन समितिमा ५ माघ २०७६ मा भएको मिडिया काउन्सिल विधेयकसम्बन्धी छलफलमा संचारमन्त्री गोकुल बास्कोटाले भनेः

“इन्डियाको एउटा टीभीको त कति थियो एक हजार करोड हो क्या रे फैशला गरिदियो । …त्यो खासगरी प्रधानन्यायाधीशसँगै जोडिएको एउटा विषय थियो होला जस्तो लाग्छ ।”

साउथ एशिया चेकले माथिका विषयमा तथ्य जाँच गर्दा यस्तो पायोः

सो मुद्दामा एक हजार करोड होइन एक सय करोड क्षतिपूर्ति तिर्नु पर्ने फैसला भएको थियो र सो मुद्दा प्रधानन्यायाधीशसँग नभइ पूर्व न्यायाधीशसँग सम्बन्धित थियो ।

संचारमन्त्री बास्कोटाले भनेको मुद्दा “टाइम्स नाउ” मानहानि मुद्दा थियो । १० सेप्टेम्बर २००८ मा टाइम्स नाउले सञ्चय कोष घोटाला काण्डमा आरोप लागेका न्यायाधीश पी. के. समान्थाको फोटो राखेँ भन्ने ठानेर भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश पी.बी. सावन्तको फोटो १५ सेकेन्ड प्रसार गरेको थियो ।

पूर्व न्यायाधीश सावन्तले सो टिभि विरुद्ध पुने जिल्ला अदालतमा मानहानिको मुद्दा हालेका थिए । अदालतले सो टिभी च्यानलले रु एक अर्ब तिर्नु पर्ने फैसला गरेको थियो ।

सम्बन्धित सामाग्री

1.SC asks Times Now to deposit Rs 100 crore before HC takes up ,Times of India

2. ‘Times Now’ Defamation Case :SC refuses to Interfere, Outlook

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस