पुनर्निर्माणः कतै काम हुँदै, कतै नहुँदै

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

चौधरी ग्रुप

चौधरी ग्रुपले भूकम्प पीडितका लागि ७०० अस्थायी घर बनाइसकेको कुरा चौधरी ग्रुप, कर्परेट अफेयर्सका महाप्रबन्धक मधुसुधन पौडेलले बताए । उनका अनुसार, यी घर काठमाडौंको मच्छेगाउँ, ललितपुरको बुरूनचोली र लोकुन्डोल, काभ्रेको दोलालघाट र भक्तपुरको चाँगुनारायणमा बनाइएका हुन् । आगामी तीन महिनाभित्र १००० वटा अस्थायी घर बनाइसक्ने लक्ष्य चौधरी ग्रुपले राखेको पनि पौडेलले बताए ।

सो ग्रुपले १००० वटा अस्थायी घर बनाउने भनेको थियो ।

सो ग्रुपले काभ्रे, सिन्धुपाल्चोक, गोर्खा र भक्तपुरमा २१ वटा स्कूल बनाएको छ । उसले भूकम्पबाट पीडित १४ जिल्लामा १०० वटा स्कूल भवन बनाउने बाचा गरको थियो ।

 

 

नेपाल उद्योग परिसंघ

परिसंघले १०,००० वटा घर बनाउने भनेकोमा सो काम अहिलेसम्म शुरू भएको छैन ।

गोल्छा अर्गनाइजेशन

गोल्छा अर्गनाइजेशनको आश्रय परियोजना अन्तर्गत काभ्रेको पिपलटारमा एउटा घर बनिएको छ ।

 

Toggle screen reader support

Show side panel

 

 

 

भृकुटी राई / बिहीबार, आश्विन २१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री