जेठ ५ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

रिपब्लिकामा प्रकाशित ‘मन्त्रीको निर्वाचन क्षेत्रमा साना सडकलाई ठूलो रकम प्रस्ताव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रुद्र पंगेनीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः सडक विभागका दुई वरिष्ठ अधिकारी र सरकारका एक इन्जिनियर ।

 

रिपब्लिकामा प्रकाशित ‘भूकम्पपीडितका नाममा बंग्लादेशबाट आएको चामलको व्यवस्थापनमा कमजोरी’ शीर्षकको झापालाई डेटलाइन बनाएर राजु अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू र एक स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘बदलिँदै आन्दोलन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः एक नेता र एक उच्च नेता ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ”पपुलिस्ट’ बजेट ल्याउने तयारी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजित महतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू, तीन भिन्न स्रोत र अर्थशास्त्रीहरू ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘निकुन्जमा सशस्त्रको धराप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर शम्भु कट्टेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः तीन भिन्न स्रोत र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका एक उच्च अधिकारी ।

साउथ एशिया चेक / बिहीबार, जेठ ६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री