भत्केका स्कूल, बनेका स्कूल

Injina Panthi / शुक्रबार, मंसिर २१, २०७५

शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले प्रकाशितगरेको ‘विद्यालय पुनर्निर्माणका झलक २०७४’ अनुसार २०७२ साल वैशाखको भूकम्पबाट ३१जिल्लाका ७,९२३ विद्यालयका २१,१६९ कक्षाकोठा पूर्ण रुपमा १२,५२२ कक्षाकोठा अधिक रुपमा र १५,९९० कक्षाकोठा आंशिक रुपमा क्षति भएकाथिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७३ वैशाखमा प्रकाशित गरेको विपद्पश्चात पुनर्उत्थान ढाँचाले विद्यालय क्षेत्रको पुनर्निर्माण ३ वर्ष भित्र सम्पन्नगर्ने लक्ष्य राखेको थियो । २०७२ फागुन १७ गते शिक्षा मन्त्रालय अन्र्तगतकेन्द्रीय आयोजना कार्यान्वयन इकाइको (शिक्षा) स्थापना गरी भूकम्पबाट क्षतिग्रस्तभएका विद्यालयको निर्माण अभियानका रुपमा सञ्चालन गरिएको थियो । इकाइ स्थापना भएको३३ महिनामा ४,०९८ विद्यालयको निर्माण सम्पन्न भएको छ, १,९९०विद्यालय निर्माणाधीन अवस्थामा छन् भने ३७७ विद्यालय निर्माण छनोट गरिएका छन् । ३,८२५ विद्यालयको निर्माण हुन बाँकी छ।

पुनर्निर्माणको अवस्था

  निर्माणकर्ता विद्यालय व्यवस्थापन समिति   निर्माण व्यवसायी   गैरसरकारी संस्था   जम्मा
निर्माण सम्पन्न  ३,१९४ ३७  ७५८  ४,०९८
निर्माणाधीन  १,४३७ ३४१ २१२  १,९९०
निर्माणका लागि छनोट भएका २०३ १५४ २० ३७७
जम्मा ४,९३४ ५३२ ९९० ६४५६

स्रोतः केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को वेबसाइट, २०७५ कार्तिक ३ गते अपलोड गरिएको

महालेखापरीक्षकको पचपन्नौं वार्षिक प्रतिवेदन, २०७४ अनुसार स्रोतसुनिश्चित भएकामध्ये सर्भेक्षणको क्रममा रहेका, निर्माण कार्य शुरु भएका, निर्माण प्रक्रिया शुरुनभएका र निर्माण कार्य सम्पन्न भएका  विद्यालय भवनको अवस्था निम्नानुसार छः

स्रोत/संस्था जम्मा भवन संख्या सर्भे चरणमा रहेका निर्माणधीन निर्माण सम्पन्न निर्माण प्रक्रिया सुरु नभएका
नेपाल सरकार /विद्यालय व्यवस्थापन समिति   ३,४६३   ५६४   ९३६   १,९६३
एसियाली विकास बैङ्क   १६२  १६२  १
जाइका   २४०   ७७   १०९   १   ५३
ए.डी.वी –प्रकोप जोखिम न्यूनीकरण   ३००   १२५   –   –   १७५
भारत सरकार   ७०   ७०   –   –   –
चीन सरकार   १८   ७   २   –   ९
गैरसरकारी संघ/संस्था   १,५५०   –   २५०   ९२६   ३७४

स्रोत :२०७४ वैशाखमा प्रकाशित महालेखापरीक्षककोपचपन्नौं वार्षिक प्रतिवेदन, २०७४

इन्जिना पन्थी / शुक्रबार, मंसिर २१, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री